काठमाडौं
नेपाल–भारतबीच व्यापारिक साझेदारी र उपभोग्य वस्तुहरूको पारबहनमा सहजता ल्याउन नाका जोड्ने ५ वटा सडकको विस्तार–स्तरोन्नतिलाई सरकारले तीव्रता दिएको छ । छुट्टै आयोजना कार्यालय स्थापना गरेर काम गरिरहेका ती सडक विस्तार आयोजनामा कुल २८ अर्ब ४२ करोड रुपैयाँ लगानी गरिँदै छ । भारत जोड्ने नाकाहरूलाई पूर्व–पश्चिम राजमार्गसँग जोडेर उपभोग्य वस्तुहरूको आयात–निर्यात सहज बनाउने सरकारको लक्ष्य छ ।

‘व्यापारिक कार्यक्रम अन्तर्गत ६ लेनमा सडक विस्तार गरिँदै छ,’ व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक बलराम मिश्रले भने । नेपाल सरकारको आफ्नै स्रोतमा विस्तार गरिने यी सबै सडक आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गर्ने योजना रहेको छ ।
भारत जोड्ने ५ सडक मध्ये रानी–विराटनगर–इटहरी–धरान सडकको लम्बाइ सबैभन्दा बढी छ । यस सडकको लम्बाइ ५० किलोमिटर छ । यसको लागत पनि ७ अर्ब २७ करोड रुपैयाँ रहेको छ । यो व्यापारिक मार्ग मध्ये सबैभन्दा धेरै लागत अनुमान गरिएको सडक हो । त्यस्तै महाकाली राजमार्गको मोहनापुल–अत्तरिया खण्ड कैलाली सडकको लम्बाइ जम्मा १४ दशमलव २ किलोमिटर मात्र छ । यसको लागत पनि सबैभन्दा कम २ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया