काठमाडौं,७,माघ
वैदेशिक रोजगारीका नाममा नेपाली युवा अत्यन्तै पीडामा पर्ने गरेको प्रति अहिले सम्म सरकारको उचित ध्यान पुग्न नसकेको भन्दै श्रमजीवी ट्रेड युनियन महासंघ–नेपालले वैदेशिक रोजगारपीडित मजदुरको पक्षमा एक अभियान सुरु गरेको छ । "/>

वैदेशिक रोजगारपीडित कामदारलाई क्षतिपूर्ति भराउन महासंघको माग

वैदेशिक रोजगारपीडित कामदारलाई क्षतिपूर्ति भराउन महासंघको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७,माघ
वैदेशिक रोजगारीका नाममा नेपाली युवा अत्यन्तै पीडामा पर्ने गरेको प्रति अहिले सम्म सरकारको उचित ध्यान पुग्न नसकेको भन्दै श्रमजीवी ट्रेड युनियन महासंघ–नेपालले वैदेशिक रोजगारपीडित मजदुरको पक्षमा एक अभियान सुरु गरेको छ ।

यसअघि पनि विभिन्न नेतृत्वका सरकारले श्रम तथा रोजगार मन्त्रालयमा ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाएको महासंघले शुक्रबार वैैदेशिक रोजगारपीडित सहित नै वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठ समक्ष वैदेशिक रोजगारपीडित कामदारका विविध समस्याबारे जानकारी गराउँदै यस्तो अभियान सुरु गरेको हो ।

महासंघका अध्यक्ष रामबहादुर तामाङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले विभागका महानिर्देशक श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा विभिन्न मेनपावर कम्पनी मार्फत खाडी मुलुकमा गएका कामदारहरू पीडित बन्दै गए पनि अहिले सम्म पीडित कामदारलाई उद्धार एवं राहतमा सरकारी निकायले कुनै चासो नदिएको, केही मेनपावर व्यवसायी र वैदेशिक रोजगारीका नाममा बिचौलियाबाट नै प्रत्यक्ष रूपमा कामदार ठगिँदा समेत सम्बन्धित निकाय मौन बसेकाले अब श्रमजीवी मजदुरहरूको पक्षमा आन्दोलन चर्काउने उल्लेख छ । महासंघका अध्यक्ष तामाङले महासंघको बैठकले बिहीबार नै यस विषयमा निर्णय गरेको जानकारी गराएका थिए ।
राजधानीबाट

Logo