वीरगन्ज,७,माघ
वीरगन्जको छपकैयास्थित नेपाल भारतको सीमामा देखिएको विवादबारे काठमाडौंबाट आएको उच्चस्तरीय प्राविधिक टोलीले शनिबार देखि स्थलगत निरिक्षण सुरु गरेको छ । "/>

नेपाली भूमि मिचिएको सीमामा उच्चस्तरीय टोली पुग्यो

नेपाली भूमि मिचिएको सीमामा उच्चस्तरीय टोली पुग्यो

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज,७,माघ
वीरगन्जको छपकैयास्थित नेपाल भारतको सीमामा देखिएको विवादबारे काठमाडौंबाट आएको उच्चस्तरीय प्राविधिक टोलीले शनिबार देखि स्थलगत निरिक्षण सुरु गरेको छ । सीमामा हराएका र जीर्ण भएका पिलर मर्मत र निर्माणका क्रममा लालपुर्जा भएकै नम्बरी जग्गा समेत भारततर्फ पर्न गएको भन्दै जग्गा धनीले विरोध गरेपछि नापी विभाग काठमाण्डौको उच्चस्तरीय प्राविधिक टोली वीरगन्ज गएको हो ।

काठमाण्डौंबाट गएको नापी विभागका निर्देशकद्वय अनिल मरासीनी र दामोदर ढकाल नेतृत्वको उच्च स्तरीय टोलीले विवादित छपकैयाको सीमामा शनिबार बिहान पुगेर त्यहाँ गाडिएका नयाँ पिलरहरुको स्थलगत अनुगमन गरेको छ । नयाँ पिलर गाडिएपछि भारततर्फ पर्न गएको नेपाली जग्गामा शनिबार देखि पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीका साथ निर्देशकद्वय मरासीनी र ढकाल नेतृत्वको टोलीले विवादीत सीमा क्षेत्रमा स्थलगत निरिक्षण शुरु गरेको प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले बताए । टोलीले विवाद देखिएका सीमा क्षेत्र, त्यहाँ गाडिएका नयाँ पिलर, जीर्ण पिलरहरुको सोमबार सम्म स्थलगत निरिक्षण र नापजाँच गर्ने ज्ञवालीले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo