काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको भेटघाट बाक्लिएको छ । शुक्रबार तीन घण्टा वार्ता गरेका अध्यक्षद्धय शनिबार पनि वार्तामा बसेका छन् ।
स्रोतका अनुसार ओलीलाई भेट्न प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।
भेटमा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धि रिपोर्ट, भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल भएको बताइएको छ । यसअघि शुक्रबारको छलफलपछि भोलि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।





























प्रतिक्रिया