काठमाडौं,५,माघ
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन् । "/>

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवालाई प्रश्नको वर्षा

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवालाई प्रश्नको वर्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,५,माघ
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन् । निर्वाचनमा झड्का ब्यहोरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन दवाब दिएको थियो। बैठकमा निर्वाचनको बारे समिक्षा भएको थियो । प्रधानमन्त्री देउवाले निर्वाचन समिक्षा अर्को बैठकमा गर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनमा विषय केन्द्रीत गर्न भने पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे नेताहरुले सभापतिसँग प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए।

बैठकमा केन्द्रीय सदस्य दिपक गिरीले प्रदेशको अस्थायी मुकाम घोषणामा कमजोरी भएको भन्दै आक्रोस व्यक्त गरेका थिए । बैठकमा बोल्दै गरेका उनलाई पार्टी सभापति शेरबहादुर देउवाले ‘यो विषय अर्कै हो बस्नुस्’ भन्दै थम्कार खोजे पनि उनले ५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङ नभएकोमा असन्तुष्टि जनाए । जवाफमा पुन देउवाले ‘यो अस्थायी भएको भन्दै चिन्ता नगर्नुस्’ भनेका थिए।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले निर्वाचनमा पराजय ब्यहोर्दा पनि समिक्षा बैठक बोलाउन समेत नसकेको भन्दै नेतृत्व असफलता भएको टिप्पणी गरेका छन् । बैठकमा बोल्दै चन्द्र भण्डारीले नेतृत्व गुटका आधारमा चलेको आरोप लगाए । स्रोतका अनुसार भण्डारीले बैठकमा, ‘पार्टी विधिबाट हैन कोटरीबाट चलेको छ’ भन्दै आक्रोस व्यक्त गरे।
नागरिकबाट

Logo