काठमाडौं,५,माघ
सरकारले प्रदेशहरूको अस्थायी मुकाम तोकेपछि कतिपय जिल्लामा प्रदर्शनहरू भइरहेका छन् । सरकारले बुधबार सातै प्रदेशको अस्थायी कार्य सञ्चालन स्थल तोकेको थियो । "/>

प्रदेश राजधानी विवादः काहिं सर्मथन, काहिं प्रदर्शन !

प्रदेश राजधानी विवादः काहिं सर्मथन, काहिं प्रदर्शन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,५,माघ
सरकारले प्रदेशहरूको अस्थायी मुकाम तोकेपछि कतिपय जिल्लामा प्रदर्शनहरू भइरहेका छन् । सरकारले बुधबार सातै प्रदेशको अस्थायी कार्य सञ्चालन स्थल तोकेको थियो । आफ्नो जिल्लालाई प्रदेश सदरमुकाम बनाउनु पर्ने माग प्रदर्शनकारीहरूले राखेका छन् । बिहीबार बिहानै देखि प्रदेश नम्बर १ को धनकुटा, प्रदेश २ को वीरगञ्ज, प्रदेश ५ को दाङ र प्रदेश ७ को डोटीमा प्रदर्शन भइरहेको छ । कतिपय ठाउँमा शान्तिपूर्ण प्रदर्शन भइरहेको छ भने कतिपय स्थानमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेश नम्बर ३, ४ र ६ भने शान्त देखिन्छन् ।

यसै विच लामो रस्साकस्सीपछि सरकारले बुधबार प्रदेशको अस्थायी मुकाम र सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले नियुक्ति गरेपछि प्रदेश प्रमुखहरूले आफ्नो जिम्मेवारी वहन गर्न पाउनेछन् । सरकारले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौंडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी मुकाम तोकिएको हो।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo