प्रदेश प्रमुख र अस्थाई मुकामको विषयमा यस्तो आयो ओलीको धारणा !

प्रदेश प्रमुख र अस्थाई मुकामको विषयमा यस्तो आयो ओलीको धारणा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ४ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्केका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर फर्केका ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र राजधानीमा आफुहरुको सहमति नरहेको बताएका छन् ।

उनले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए । उनले भने, ‘तोक्नु भन्ने सहमति हो । सरकारले गरेका निर्णयमा सहमति छैन ।’

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दैै ओलीले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् ।

प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।

सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए ।

Logo