काठमाडौं, ४ माघ ।
बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेश मुकाम तोकेपछि नेपाली कांग्रेसबाटै यसको विरोध हुन थालेको छ ।
प्रदेशको अस्थाई राजधानी तोकिएपछि देशका विभिन्न ठाउँमा बन्द हड्ताल हुन थालेका छन् । यस्तै कांग्रेसका नेता खुमबहादुर खड्काले प्रदेश पाँचको राजधानी रुपन्देही तोक्ने निर्णय तत्काल सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
खड्काले बुधबार नै प्रधानमन्त्री देउवालाई टेलिफोन गरी निर्णय सच्याउन भनेका थिए । खड्काका स्वकीय सचिव चुडामणि कँडेलका अनुसार प्रदेश प्रमुख र प्रदेश राजधानी तोकिएको जानकारी पाएलगत्तै खुमबहादुर दिल्ली बसाइ छोट्याएर बिहीबार काठमाडौं फर्किंदैछन् ।
खड्का स्वास्थ्य उपचारको लागि नयाँदिल्लीमा छन् ।
गृहजिल्ला दाङ रहेका कांग्रेस नेता खुमबहादुर र दीपक गिरीले आजबाट सुरु केन्द्रीय समिति बैठकमा पनि देउवाको ध्यानाकर्षण गराउने बताएका छन् ।































प्रतिक्रिया