काठमाडौँ, ४ माघ
सरकारको उदासिनताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् । लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजार भन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नु परेको हो । देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ नवीकरण र नेपालीकरण समेत) दैनिक करिब ५ हजार भन्दा धेरै छ । स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड मात्र प्रिन्ट गर्ने क्षमता छ ।
त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिन सक्ने कार्ड पनि मौज्दात छैन । जसका कारण चालकहरुले स्मार्ट कार्डका लागि ६ महिना सम्म कुर्नु पर्ने बाध्यता छ । सरकारले ०७२ मंसिर देखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।
कारोबारबाट





























प्रतिक्रिया