काठमाडौं, ३, माघ
आगामी वर्ष देखि नेपालमा वर्षातको समय (वेट सिजन)मा विद्युत बचत हुने भएको छ । सन् २०१८,१९ देखि वर्षातको ६ महिना विद्युतको माग र आपूर्ति बीच सन्तुलन भई ४४० मेगावाट विद्युत बचत हुने भएको हो । "/>

आगामी वर्षदेखि वर्षायाममा नेपालको बिजुली बचतमा, हिउँदमा भने माग धान्नै गाह्रो

आगामी वर्षदेखि वर्षायाममा नेपालको बिजुली बचतमा, हिउँदमा भने माग धान्नै गाह्रो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३, माघ
आगामी वर्ष देखि नेपालमा वर्षातको समय (वेट सिजन)मा विद्युत बचत हुने भएको छ । सन् २०१८,१९ देखि वर्षातको ६ महिना विद्युतको माग र आपूर्ति बीच सन्तुलन भई ४४० मेगावाट विद्युत बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययन अनुसार आउँदो वर्ष देखि वर्षातको समयमा विद्युत बचत हुने भएका कारण भारतबाट आयात गर्नु नपर्ने देखिएको हो।

तथ्यांक अनुसार अर्को वर्ष देखि नै वर्षायाम (वैशाख देखि मंसिर सम्म) मा विद्युत मागको तुलनामा आपूर्ति बढी हुने देखिन्छ । सो विद्युत स्वदेशमा नै खपत गराउन नेपाल सरकारले नीतिगत हस्तक्षेप गरी ऊर्जा खपत प्रवद्र्धन हुने कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नु पर्ने अध्ययनले देखाएको छ । आयोगले वर्षायाममा बढी हुने विद्युत ऊर्जा बैंक मोडेलमा भारतलाई दिई सुक्खायाममा नेपाललाई नै उपलब्ध हुने व्यवस्था गर्न सरकारलाई सुझाब दिएको छ । आयोगको प्रतिवेदन अनुसार सन् २०१८,१९ को पहिलो वर्ष विद्युत माग र आपूर्तिको सन्तुलन ३७२ मेगावाट अपुग हुने देखिन्छ । त्यस्तै अर्को पाँच वर्ष भित्र आपूर्ति बढेर १२८३ मेगावाट पुग्ने देखिएको छ ।
नयाँपत्रिकाबाट

Logo