काठमाडौं, ३, माघ
प्रधानसेनापति राजेन्द्र क्षेत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार (आज) त्यसतर्फ प्रस्थान गर्दै छन् । "/>

किन जाँदैछन् प्रधानसेनापति श्रीलङ्का ? यस्तो छ कारण :

किन जाँदैछन् प्रधानसेनापति श्रीलङ्का ? यस्तो छ कारण :

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३, माघ
प्रधानसेनापति राजेन्द्र क्षेत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार (आज) त्यसतर्फ प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्री लगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही क्रममा उनले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने बताइएको छ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति माघ ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।  रासस

Logo