अचम्मको घटनाः हावामा उडेर कार जब घरमाथि बज्रियो

अचम्मको घटनाः हावामा उडेर कार जब घरमाथि बज्रियो

केन्द्रबिन्दु
0
Shares

यो जादु थिएन । स्टन्ट पनि थिएन । एउटा कार उड्दै बिल्डिङको दोस्रो फ्लोरमा बज्रियो । कारको आधा भाग फ्लोरमै घुस्यो । जबकी यति भयानक दुर्घटनामा पनि चालक र उनका साथी जीवित रहे ।

दुबैलाई सामान्य चोट मात्र लाग्यो । ठक्कर खानसाथ कारमा आगो लाग्यो । तर, रेस्क्यु टिमले आगो नियन्त्रणमा लियो ।

अर्को अचम्मलाग्दो कुरा त के भने, जतिबेला कार बर्जियो, त्यसबेला उक्त भवनमा कोहि थिएनन् । कार दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु परेन । घटन साउथ क्यालिफोर्नियाको हो । एक स्पोर्टस् कार तिब्र गतिमा हुँइकिदै आयो र घरको दोस्रो तलामा बज्रिन पुग्यो ।

कार एकदमै तिब्र गतिमा थियो । चालकले त्यसलाई नियन्त्रण गर्न सकिरहेका थिएनन् । त्यो हावामा बत्तियो । प्रत्यक्षदर्शीहरु छक्क परे । कार दुई सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा थियो ।

Logo