काठमाडौं,२,माघ
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान विपरीत गठन गरिएको पार्टीको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पार्टी सभापतिसँग माग गरेका छन् । "/>

कांग्रेस संस्थापन विरुद्ध निरन्तर दबाब

कांग्रेस संस्थापन विरुद्ध निरन्तर दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२,माघ
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान विपरीत गठन गरिएको पार्टीको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पार्टी सभापतिसँग माग गरेका छन् ।प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा सोमबार भएको बालुवाटार बैठकमा वरिष्ठ नेता पौडेलले विधानविपरीत बनाइएको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न माग गरेका हुन् । ‘विधान विपरीतका काम नगरौं, संसदीय समिति र कार्यसम्पादन समिति विधान विपरीत छ, त्यो भंग गरी पार्टीलाई सुधारेर अघि बढौं भनेर मैले भनेको छु । अब यसरी पार्टी चल्दैन भन्ने मेरो राय हो,’ नेता पौडेलले भने ।

उनले सभापतिसँग पार्टी भित्रका कमी कमजोरी र सुधारका पक्षमा बहस गर्न समेत माग गरेको बताए । नेता पौडेलले केन्द्रीय समिति बैठक तत्काल डाकेर निर्मम ढंगबाट पार्टी भित्रका कमी कमजोरीका विषयमा बहस चलाइनु पर्ने तर्फ आफूले सभापति देउवालाई पटक पटक आग्रह गरेको समेत स्पष्ट पारे । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने नेताहरूबीचको बैठकमा प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी, राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीगत तयारी र उम्मेदवार चयनका विषयमा छलफल भएको जानकारी दिए ।
राजधानीबाट

Skip This
Skip This
Logo