काठमाडौँ,३०,पुस
केन्द्रविन्दु समाचारदाता
स्वदेशमै रोजगारीको अवस्था सिर्जना हुनु पर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा हिजो प्रर्दशन गर्यो । "/>

स्वदेशमै रोजगारीको माग गर्दै हजारौं युवा सडकमा

स्वदेशमै रोजगारीको माग गर्दै हजारौं युवा सडकमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,३०,पुस
केन्द्रविन्दु समाचारदाता
स्वदेशमै रोजगारीको अवस्था सिर्जना हुनु पर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा हिजो प्रर्दशन गर्यो । उनीहरुले हातमा राष्ट्रिय झन्डा लिएर र्‍याली निकालेका थिए । हजारौंको संख्यामा उपस्थित युवाहरुले लाखौं युवा रोजगारीको लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताएका थिए । सरकार स्वदेशमा काम गरेर खान दे भन्ने ब्यानर सहित केन्द्रले नेपाली युवालाई बिदेशमा श्रम गर्न पठाउन नहुने माग गरेका थिए । र्‍याली भृकुटीमण्डपबाट शुरु भएर वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा थुप्रै युवाहरुले सम्बोधन गरेका थिए । राष्ट्रवादी केन्द्रका अभियन्ता तथा राष्ट्रवादी विद्यार्थी संघका सचिव महेश नेपालले सरकारले आफ्ना मागहरुको सम्बोधन नगरे सम्म दबाबमुलक कार्यक्रम आगामी दिनमा पनि जारी राखिने बताए । राष्ट्रवादी केन्द्रले यस अघि पनि यस्ता कार्यक्रमहरु गर्दै आएको र अबका दिनमा पनि निरन्तर रहने सचिव नेपालले जानकारी दिए ।

 

Skip This
Skip This
Logo