बस्तीमा बालेन सरकारले डोजर चलाउने तयारी गरेपछि सुकुम्वासीहरू पुगे रास्वपा कार्यालय घेराउ गर्न

बस्तीमा बालेन सरकारले डोजर चलाउने तयारी गरेपछि सुकुम्वासीहरू पुगे रास्वपा कार्यालय घेराउ गर्न

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। थापाथलीस्थित सुकुम्वासी बस्तीमा बालेन सरकारले डोजर चलाउने तयारी गरेपछि थापाथलीस्थित सुकुम्वासी बस्तीका बासिन्दाहरूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय घेराउ गर्ने भएका छन् ।

पार्टी सभापति रवि लामिछानेले चुनावमा दिएको अभिव्यक्ति सम्झाउँदै प्रदर्शन गर्ने तयारी सुकुबासी बस्तीका बासिन्दाले गरेका छन् । केही सुकुम्वासी बासिन्दाहरू वनस्थलीस्थित रास्वपा कार्यक्रम घेराउ गर्न हिकिसडेका छन् । शान्तिपूर्णता कार्यालय घेराउ गर्ने उनीहरूको भनाई छ । रास्वपाको प्रतिबद्धता अनुसार सुकुम्वासीहरूको व्यवस्थापनबिना डोजर चलाउन नपाइने भन्दै बासिन्दाहरू सरकारको निर्णय र तयारीको प्रतिवादामा उत्रिएका छन् ।

यता सरकारले भने भोली डोजर चलाउने तयारी गरिसकेको छ । हिजो राति सबै सामान सार्न भन्दै माइकिङ गरिएको थियो । अहिले केही सुकुम्वासी धमाधम सामान ओसारिरहेका छन् । केही चाहिँ आन्दोलन गर्न वनस्थली लागेका छन् ।  केहीले भने बिहानै देखी आफ्नो सामानहरू सार्न सुरु गरेका छन् । 

सुकुम्वासी बस्तीमै रहेका ज्यानजी अगुवाहरूले भने वनस्थली नजाने बताएका छन् । उनीहरूले थापाथलीमै बसेर सुकुम्वासीलाई साथ दिने भएका छन् । आज बिहानै देखी सरकारको निर्णयको विरोध गर्दै राष्ट्रिय ज्यानजी नागरिक अभियानले प्रदर्शन गरेको छ । 

उता रास्वपा प्रवक्ता मनिष झाले भने सुकुम्वासीको नाममा ठाउँ ओगटेर गरिब हुँ भन्दै अनैतिक र अव्यवहारिक काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनै पर्ने बताएका छन् । आश्रय लिनु र कब्जा गर्नु फरक भएको भन्दै उनीहरूलाई पहिचान गरी सूचीकरण गरेर, व्यवस्थित गरेर संरक्षण गर्ने सरकारको कदम भएको बताएका छन् ।

Logo