काठमाण्डौं ।
आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको भाउ तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर तोलाको ४ हजार ९९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ थियो । शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।





























प्रतिक्रिया