सुकुम्बासी बस्तीमा डोजर चलाए पछि हर्कको आक्रोश: बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्रै बाँकी छ

सुकुम्बासी बस्तीमा डोजर चलाए पछि हर्कको आक्रोश: बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्रै बाँकी छ

केन्द्रबिन्दु
45
Shares


काठमाणडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन्।

सोमबार बिहान समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले गरिबको गाँस खोस्ने र बास भत्काइदिने सरकार सफल नहुने बताएका हुन्।

उनले सुकुम्बासी बस्तीको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ। अब अवसान मात्रै बाँकी छ। त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ त्यो असफल सरकार हो। यो तस्बिरले हजारौँ शब्दहरु बोलिरहेका छन्। गरीबलाई लात हान्ने प्रवृतिको कुनै पनि हालतमा पुष्टी गर्न सकिन्न।’

यस्तै, उनले चुनौती दिँदै भनेका छन्, ‘करोडौँ अरबौँ भ्रष्टाचार गरी गरी महल बनाएर मस्त निदाउनेहरुलाई मेरो चुनौती छ। गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ। यो गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार हुँदै होइन।’

उनी अगाडि लेख्छन्, ‘चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरु अब चुपचाप सामान बोकी टाप दिन पर्दाको विजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन। गरीबको दुस्ख नदेख्ने आँखा। गरीबको घाऊमा मलहम लगाउन नसक्ने हात र गरीबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन। सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान ् समेत गरेका छन् ।

गरीबको दु:ख नदेख्ने आँखा ! गरीबको घाऊमा मलहम लगाउन नसक्ने हात र गरीबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन ! सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु ! हामीले बनाउन चाहेको देश के यस्तै हो त ? नेता महलमा अनि जनता सडकमा ? आज यी प्रश्न म सारा नेपालीलाई तेर्साउन चाहन्छु ! मलाई उत्तर दिनुहोस् ! उनले लेखेका छन्

Logo