काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएङ्को छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ९ सय ९५ रुपैयाँ थियो ।































