काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कएकै पटक ७ वटा आपूर्तिकर्ता तथा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखिएको छ ।
कार्यालयले प्रकाशन गरेको सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम काम नगर्ने, सम्झौता उल्लङ्घन गर्ने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने फर्म तथा व्यक्तिहरूलाई एक बर्ष देखि २ बर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।
कालोसूचीमा पर्ने प्रमुख संस्थाहरूमा निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी तथा विदेशी कम्पनीसमेत समावेश छन्। तीमध्ये केहीले समयमै काम सम्पन्न नगरेको, सम्झौता अनुसार सामग्री उपलब्ध नगराएको तथा कार्य सम्पादनमा लापरवाही गरेको कार्यालयले जनाएको छ।
कार्यालयद्वारा सार्वजनिक सूचनाअनुसार कालोसूचीमा पर्नेहरूमा श्री लछिमन निर्माण सेवा, ललितपुर (३ वर्ष), श्री सन्देश डिजाइन, दोलखा (२ वर्ष), श्री रोजिना अञ्जलिका (इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकसँग सम्बन्धित) (२ वर्ष), श्री रोजिना गाउँपालिका (इन्द्रावती, सिन्धुपाल्चोक) (२ वर्ष), श्री सन्जु गाउँपालिका (इन्द्रावती, सिन्धुपाल्चोक) (२ वर्ष), M/S ELC Electronics S.P.A, इटाली (१ वर्ष) तथा श्री सन्देश डिजाइन, झापा (२ वर्ष) रहेका छन्।

कार्यालयका अनुसार कालोसूचीमा परेका व्यक्ति वा संस्थाले उक्त अवधिभर कुनै पनि सार्वजनिक निकायसँग नयाँ ठेक्का लिन पाउने छैनन्। साथै, सरकारी निकायहरूलाई यस्ता संस्था वा व्यक्तिसँग कारोबार नगर्न निर्देशन दिइएको छ।































