सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घट्यो

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । लगातार बृद्धि भएको सुन र चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको छ भने भाँदीको भाउ ५० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo