बारा,२७, पुस

इलाका प्रशासन कार्यालय सिमरामा कार्यालय प्रमुख लामो समय देखि अनुपस्थित हुँदा सेवाग्राही समस्यामा परेका छन् । "/>

सिमराको इलाका प्रशासन कार्यालय दुई महिना देखि प्रमुख विहिन

सिमराको इलाका प्रशासन कार्यालय दुई महिना देखि प्रमुख विहिन

केन्द्रबिन्दु
0
Shares

बारा,२७, पुस

इलाका प्रशासन कार्यालय सिमरामा कार्यालय प्रमुख लामो समय देखि अनुपस्थित हुँदा सेवाग्राही समस्यामा परेका छन् । सर्वसाधारण जनताको प्रत्यक्ष सरोकार राख्ने कार्यालय विगत दुई महिना देखि प्रमुख विहिन बनेपछि सेवाग्राहीले ठुलो समस्या खेप्न बाध्य बनेका हुन् । प्रमुख नहुँदा सेवाग्राहीले नागरिकता लगायत अन्य सेवा, सुविधाबाट वञ्चित हुनु परेको छ ।

प्रमुख नहुँदा दैनिक नागरिकता बनाउन र राहदानीको सिफारिस लिन आउने सेवाग्राहीहरु त्यसै फर्किने गरेको कार्यालयका नायब सुब्बा सबिर अन्सारीले जानकारी दिए । कार्यालयमा नागरिकताको लागि दैनिक २०/२५ र राहदानी सिफारिसको लागि १५/२० आउने गरेको उनले सुनाए । इलाका प्रशाशन कार्यालयबाट सेवा नपाएपछि सर्वसाधारणले राहदानी सिफारिस र नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय कलैया धाउनु पर्ने बाध्यता छ ।

कार्यालयमा लागि एक जना उपसचिव, पाँच जना नायब सुब्बा, दुई जना शाखा अधिकृत लगायत कर्मचारीको दरबन्दी रहे पनि उपसचिव र दुई जना शाखा अधिकृतको दरवन्दी अझै पनि रिक्त छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले कर्मचारी ब्यवस्थाका लागि विभागमा पत्रचार गरिएको र चाँडै पदपुर्ति हुने बताए।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo