कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न आफ्ना सांसदलाई रास्वपाको निर्देशन

कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न आफ्ना सांसदलाई रास्वपाको निर्देशन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सबै सांसदहरूलाई व्यक्तिगत कागजातमा “माननीय” सम्बोधन प्रयोग नगर्न आफ्ना सांसदलाई रास्वपाको निर्देशन दिएको छ ।

सिहंदरवार स्थित ससंससदय दलको कार्यलयमा जारी आनौपचारिक संसदिय दलको बैठकमा कागजात प्रयोगदेखि आन्तरिक अभ्याससम्म एकरूपता र अनुशासन कायम गर्न निर्देशन दिएको हो ।

पार्टीले सांसदहरूले प्रयोग गर्ने लेटरहेड, भिजिटिङ कार्डलगायत सबै आधिकारिक कागजातमा एकरूपता अपनाउन समेत निदेश गरेको छ ।

साथै, पार्टीले आफ्ना सांसदहरू अझ धेरै सिक्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै मेन्टर र सल्लाहकारको अभ्यास गर्न सुझाएको छ। सांसदहरूलाई सकेसम्म अनुभवी व्यक्तिहरूसँग सल्लाह र सुझाव लिन पनि आग्रह गरिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट र पूर्वतयारी सुदृढ बनाउन वैशाख २० गतेदेखि “Candidate Club” कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

Logo