काठमाडौं,२५,पुस
सरकारले तराईका २२ जिल्लामा केही दिन देखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । "/>

शितलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

शितलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२५,पुस
सरकारले तराईका २२ जिल्लामा केही दिन देखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्मल, दाउरा लगायतका न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले हिजै सरकारको मौज्दातमा रहेका कम्मल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्रीको निर्देशनमा तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजै देखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भैसकेको छ ।’
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo