काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकसाथ पदमुक्त गरेको
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भएसँगै विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा १ बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाएको जानकारी दिएको हो ।
विज्ञप्ति अनुसार यी पदाधिकारीहरू २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएका हुन् ।मन्त्रालयले अध्यादेशको नयाँ व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका यी पदाधिकारीहरूलाई हटाउने निर्णय गरेको हो ।





























प्रतिक्रिया