काठमाडौं ।
८ वर्षपछि काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको छ । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । यो भन्दा पहिलो सन् २०१० मा काठमाडौँको तापक्रम शून्य डिग्रीमा झरेको थियो ।
तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।
आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।
उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण पौडेलको छ ।
महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८ः४५ बजे यहाँको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार





























प्रतिक्रिया