काठमाडौं,२३,पुस
निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापा माथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेका मध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंंले शुक्रबार धरौटीमा रिहा गरेको छ । "/>

गगन थापालाई बम हान्ने ३ जना धरौटीमा रिहा

गगन थापालाई बम हान्ने ३ जना धरौटीमा रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२३,पुस
निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापा माथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेका मध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंंले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । अभियुक्तद्वय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अर्का अभियुक्त राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोट पठाइदिएको छ । उनीहरु सबैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा लगाएको थियो । घटना लगत्तै पक्राउ परेका मध्ये ६ जना विरुद्ध तत्काल जिल्ला अदालत काठमाडौंमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसार सम्बन्धी मुद्दा दायर भएको थियो ।
नयाँपत्रिकाबाट

Logo