काठमाडौँ, २२, पुस
हरेक वर्ष संसद विकास कोष मार्फत पनि गाउँको विकासका लागि अर्बौं रुपैयाँ स्थानीय स्तरमा खर्च हुँदै आएको छ । ०५१ साल पछि ग्रामीण विकासका लागि छुट्याइएको बजेटको ठूलो हिस्सा सडक निर्माणमै खर्च हुँदै आएको छ । तर हाल सम्म पनि केही जिल्ला, स्थानीय तह र स्थानीय तहका वडामा सडक पुग्न सकेको छैन । सरकारले देशभरका मुख्यमुख्य गाउँ र वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि ४८ स्थानीय तहमा अझै मोटरबाटो पुगेको छैन । ३७ जिल्लाको २ सय ५९ वडामा पनि सडक सञ्जाल पुगेको छैन ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) का अनुसार १५ जिल्लाका तीन नगरपालिका सहित ४८ स्थानीय तह सडक सञ्जालसँग जोडिन सकेका छैनन् । देशभर कुल ७ सय ५३ स्थानीय तह छन् । जस मध्ये ३ नगरपालिका र ४५ गाउँपालिका राष्ट्रिय सडक सञ्जाल भन्दा बाहिर छन् । हुम्ला र डोल्पा जिल्लामा त साविकको सदरमुकाममा समेत अझै मोटरबाटो पुगेको छैन । डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठले सडक सञ्जाल नपुगेको स्थानीय तहमा सडक निर्माणका लागि बजेट नै उपलब्ध नगराइएको बताए ।
राजधानीबाट





























प्रतिक्रिया