गोरखा, २२, पुस
गोरखाका भूकम्प पीडितलाई घर बनाउन लगिने भनिएको १० हजार क्युफिट सहित १८ हजार क्युफिट काठ जिल्ला वन कार्यालय र चितवनको जंगलमा नै कुहिन थालेका छन् । दुई वर्षदेखि जंगलमा अलपत्र छोडिएका ती काठ गोरखा र चितवनका भूकम्प पीडतलाई दिने योजना थियो ।
भूकम्प पीडितलाई घर बनाउन ९० प्रतिशत सम्म छुटमा काठ दिने भनिएको थियो । तर ती काठ नपुग्दा गोरखाका भूकम्पपीडित पुरानै काठले धमाधम घर बनाइरहेका छन् । जंगलमा घामपानीले कुहिने, मक्किने, चोरी हुने, डढेलोले खाने हुँदा भूकम्पपीडितका लागि भनी छुट्याइएको काठ जोगाउन गाह्रो भएको वन कार्यालयले जनाएको छ । पुनर्निर्माण प्राधिकरण चितवनका प्रमुख राजेन्द्र कार्कीले भने तत्कालीन समयमा माग गरिएका काठ भूकम्पपीडितलाई पायक पर्ने ठाउँमा नभएकाले पनि समस्या भएको बताए । तर काठ भूकम्पपीडितका लागि सम्बन्धित जिल्लामा नै लैजान टेन्डर भइसकेको थियो । पीडितले जिल्लाबाटै काठ पाउन सक्थे । गोरखा लगिने काठ आपूर्ति नभएपछि अब ती काठ अन्य जिल्लाका भूकम्प प्रभावितलाई दिने तयारी भइरहेको जिल्ला वन कार्यालयका प्रमुख केदार पौडेलले बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया