काठमाडौँ, २२, पुस
नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ । "/>

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, पुस
नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ । रिपोर्टर्स क्लब नेपालले हिजो आयोजना गरेको साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक २६ करोड घाटामा गएको बताउँदै २०५६ साल देखि आज सम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट पारे । उनले सरकारले जनतालाई मार नपर्ने गरी मूल्य बढाएको र तत्काल मूल्यवृद्धि फिर्ता लिएर समस्या समाधान नहुने धारणा राखेका थिए ।

सो अवसरमा ग्याँस बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगीका माग सम्बोधन गरिनु पर्नेमा जोड दिए । उपभोक्ता हित संरक्षण समितिका सचिव विष्णुप्रसाद तिमिल्सिनाले साधारण उपभोक्ता र व्यवसाय उपभोक्तालाई फरक फरक मूल्य निर्धारण गर्नु पर्ने सुझाव दिए । पुस १७ गते बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो ।
रासस

Logo