ब्यूनर्सआयर्स, २१ पुस ।
अर्जेन्टिनाकी एक टिनएजरले आफ्नो ब्वाइफ्रेण्डलाई गोली हानेर हत्या गरेकी छिन् । अचम्मको कुरा त के थियो भने उनले हत्या गर्नुअघि इन्स्टाग्राममा प्रेम व्यक्त गरेकी थिइन् । त्यसपछि आफ्नो पिताको बन्दुकले उक्त ब्वाईफ्रेण्डलाई प्रहार गरेका थिए । ब्वाइफ्रेण्डको तत्काल मृत्यु भयो ।
उनीहरुबीच पाँच बर्ष अघिदेखि लभ अफेयर चल्दै आएको थियो । नाहिर गलरजा नामकी १९ बर्षिय ति किशोरी ग्रामिण क्षेत्रमा बस्थिन् । उनले आफ्नो ब्वाइफ्रेण्ड फर्नाण्डोलाई गोली हानेकी हुन् । त्यसपछि उनले फर्नाण्डोको इन्स्टाग्राममा फोटो अपलोड गरिन् । क्याप्सनमा यस्तो लेखिन्, फाइब इयर्स टुगेदर । त्यसपछि उनले पोस्टमा के पनि लेखिन भने ‘लडाई झगडामा पनि हाम्रो सम्बन्ध त्यस्तै रह्यो । म तिमीलाई हरक्षण प्रेम गर्छु ।’
उक्त युवतीले आफुले ब्वाईफ्रेण्डको हत्या गरेको स्विकार गरेकी छिन् । उनले पिताको बन्दुकले ब्वाइफ्रेण्डलाई उडाइदिएको बताएकी हुन् । उनीहरुका साथीले बताए अनुसार नाहिर र फर्नाण्डोले केहि समयअघि नाइट क्लवमा पनि झगडा गरेका थिए । एजेन्सी





























प्रतिक्रिया