केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, २१ पुस । रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहारबाट स्थानीय फर्निचर ब्यबसायी बसन्त पौडेल बलुको हत्याको बिरोधमा स्थानीय सडकमा उत्रिएका छन् । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थी र स्थानीहरुले बन्द गरेका हुन् ।
हत्याको जिम्मेवारी मनोज पुन समूहले लिएको छ । आफुलाई मनोज पुन बताउने एक व्यक्तिले मलेसियाबाट स्थानीय पत्रकारहरुलाई फोन गरि पाँच लाख सहयोग नदिएकाले हत्या गरेको बताएका छन् । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
शुक्रवार बिहान सवा ११ बजे उनीमाथि गोली प्रहार गरेका थिए । पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा मृत्यु भएको थियो । पौडेल पूर्व गाबिस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन् । एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए ।





























प्रतिक्रिया