पाँच महिनामा एक हजार ५६२ ले लिएर प्रसूति सेवा

पाँच महिनामा एक हजार ५६२ ले लिएर प्रसूति सेवा

केन्द्रबिन्दु
0
Shares

दाङ, २१ पुस  । यहाँको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ । 

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन् । तीमध्ये ६२९ महिलाले साधारण प्रसूति सेवा र ३५२ महिलाले जटिल तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिएको अस्पतालका मेडिकल रेकर्डर दुर्गा रेग्मीले जानकारी दिए । 

यसैगरी आव २०७३/७४ मा यस अस्पतालबाट एक हजार ६६७ जना महिलाले प्रसूति सेवा लिएका छन । मेडिकल रेकर्डर रेग्मीका अनुसार अस्पतालमा सुत्केरी गराउने महिलालाई यातयात शुल्कबापत रु ५०० र सुत्केरी प्रोत्साहन भत्ताबापत रु ४०० प्रदान गर्दै आएको छ । रासस

Logo