काठमाडौं, २१, पुस
वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपाली सहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् । "/>

भारतको पहलमा केन्याबाट ७ नेपाली र ३ भारतिय महिलाको उद्धार

भारतको पहलमा केन्याबाट ७ नेपाली र ३ भारतिय महिलाको उद्धार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, पुस
वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली महिलालाई भारतले उद्धार गरेको छ । ७ नेपाली सहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताएकी छिन् । मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीय सहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएकी हुन् । ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन् ।’ –स्वराजले ट्वीटरमा उल्लेख गरेकी छिन् ।

संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेर सम्म विस्तृत सूचना पाउन सकेको छैन। यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउने बित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास मार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेर सम्म विस्तृत सूचना नआएको बताए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo