काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएर सार्वजनिक कार्यक्रममा देखा नपरेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निवर्तमान गृहमन्त्री सुधन गुरुङले काल भैरव मन्दिरमा पूजाअर्चना गरेका छन् ।
सोमबार बिहान काठमाडौंको बसन्तपुरस्थित काल भैरव मन्दिरमा पुगेर पूजा गरेको भिडियो उनले सार्वजनिक गरेका हुन् । चैत्र १३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङ गृहमन्त्री बनेका थिए । विवादित व्यवसायीसँग व्यावसायिक दिपक भट्टसंगको सेयर कारोवार र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । उनको लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी देखिएको थियो ।
२६ दिन गृहमन्त्री पद सम्हालेका गुरुङ राजीनामा दिएपछि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरुङ गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए । पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक देखिएका उनी आफ्नै विवादित लगानीका कारण आलोचित बन्दै राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेपछि बाध्य भएर राजीनामा दिएका थिए ।





























प्रतिक्रिया