काठमाडौं, २१, पुस
ऐतिहासिक रानीपोखरी वरिपरिका पर्खाल मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सम्भव भएको विज्ञहरुले बताएका छन् । "/>

रानीपोखरी मल्लकालीन शैलीमा नै बनाउन सम्भव

रानीपोखरी मल्लकालीन शैलीमा नै बनाउन सम्भव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१, पुस
ऐतिहासिक रानीपोखरी वरिपरिका पर्खाल मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सम्भव भएको विज्ञहरुले बताएका छन् । रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर विवाद उत्पन्न भएपछि गठन गरिएको प्राविधिक तथा विज्ञहरुको समूहले पोखरीका केही भाग उत्खनन गरेर त्यहाँको अवस्थाबारे प्रतिवेदन तयार गर्ने काममा जुटिरहेको छ । विज्ञहरुको समूहले पोखरी वरिपरि मल्लकालमा लगाइएको पर्खालको अवस्था र निर्माण शैली पनि पत्ता लगाएको र सोही विधिबाट पोखरीको जीर्णोद्धार सम्भव भएको प्रतिवेदन तयार गरिरहेको समितिका सदस्य स्ट्रक्चर इन्जिनियर सूर्यभक्त साँगाछेले जानकारी दिए । नौ जना विज्ञ सदस्यको समूहले पोखरीलाई जीर्णोद्धार गर्दा त्यहाँ भएका ऐतिहासिक इनारबारे पनि खोजी गर्दा उपयुक्त हुने सुझाव दिएको थियो ।
काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर विज्ञ समूहलाई अध्ययन गर्न लगाएको थियो । समितिले आगामी सोमबार सम्ममा हाल सम्मको अध्ययनबाट प्राप्त भएका तथ्यको प्रतिवेदन बनाएर महानगरपालिकालाई बुझाउने तयारी गरेको छ ।
गोरखापत्रबाट

Logo