सुर्खेत, २१, पुस
नेपाल प्रहरीका जागिरे नेपालगन्ज, गणेशपुरका रबिन खड्कालाई धेरै अघि देखि एउटा उत्सुकता थियो– मेसिनबाट सुरुङ खनिन्छ भन्छन्, कस्तो होला , उनी यही उत्सुकता मेट्न घरबिदामा आएको बेला मोटरसाइकल चढेर निर्माणस्थल सुर्खेतको हात्तीखालमै पुगे । ‘ओहो , यो त गज्जबको रहेछ,’ सुरुङको मुखैमा फोटो खिच्दै गरेका उनले भने, ‘विकास त यसरी पो गर्नु पर्छ ।’
नेपाली सेनामा कार्यरत उनका साथी सुर्खेत, घुमखहरेका सम्राट खत्री पनि सुरुङ देखेर अचम्म मानिरहेका थिए । डाइभर्सनको प्रभावित क्षेत्रमा घर भए पनि उनी समय नमिल्दा निर्माणस्थल पुग्न सकेका थिएनन् । ‘चिनेजानेका साथीहरुले एकपटक त भेरी–बबई डाइभर्सन पुग्नैपर्छ भनेपछि बिदामा आएको बेला यता आएँ,’ उनले भने, ‘कामको गति र शैली हेर्दा नेपालमा पनि यसरी काम हुँदो रहेछ भनेर अचम्म लाग्यो ।’
भेरीको पानी बबईमा मिसाएर एकैपटक विद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने बहुउद्देश्यीय यो आयोजनाले विकासको मार्ग मात्र कोरेको छैन, पछिल्लो समय आन्तरिक पर्यटकलाई समेत लोभ्याउन थालेको छ । रबिन र सम्राट जस्ता थुप्रै व्यक्तिहरु दैनिक जसो हात्तीखाल आएर उत्सुकता मेटाउँछन् । विशेष गरी नेपालमा पहिलो पटक भित्रिएको ‘मेसिनबाट सुरुङ खन्ने प्रविधि’ टिबिएम (टनेल बोरिङ मेसिन) हेर्न दैनिक सयौं व्यक्ति हात्तीखाल पुग्छन् । आयोजनामा प्रविधि मात्र नयाँ होइन, कामको रफ्तार पनि उत्तिकै छ । कुल १२ किलोमिटर टनेल मध्ये हाल सम्म करिब एक हजार दुई सय मिटर खनि सकिएको छ । सुरुको एक सय ५० मिटर मान्छेले र बाँकी टिबिएमले खनेको हो ।
नागरिकबाट





























प्रतिक्रिया