काठमाडौं, २१, पुस
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् । पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थान मध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मत सीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरेका छन् ।
बुधबार देखि जारी बैठकमा ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजे सम्म बैठक स्थगित गरिएको छ। पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टी प्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लो पटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नु परेको समीक्षा गरिएको छ । सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले आज जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
नागरिकबाट





























प्रतिक्रिया