भक्तपुर, २१, पुस

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्योगी व्यवसायीसँग पैसा खाने नेता तथा मन्त्री भएसम्म औद्योगिक विकास नहुने बताएका छन् । "/>

पैसा खाने नेता–मन्त्री भए सम्म औद्योगिक विकास हुदैन :बिजुक्छे

पैसा खाने नेता–मन्त्री भए सम्म औद्योगिक विकास हुदैन :बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, २१, पुस

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्योगी व्यवसायीसँग पैसा खाने नेता तथा मन्त्री भएसम्म औद्योगिक विकास नहुने बताएका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघको २७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले उद्योेग व्यवसायमैत्री नीतिनियम बनाउने भन्दा उल्टै उद्योगी व्यवसायीबाट लाखौं रुपैयाँ बुझ्ने नेता तथा मन्त्री भए सम्म औद्योगिक विकास नहुने बताएका हुन् ।

उनले भक्तपुरकै एक उद्योगमन्त्री हुँदा भक्तपुर औद्योगिक क्षेत्रबाट लाखौं रुपैयाँ उठाएर लगेको दृष्टान्त सुनाए । ‘भक्तपुर नगरपालिकाले पटकपटक कर तिर्न आह्वान गर्दा भक्तपुर औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले कर तिर्न मानेनन्’, अध्यक्ष बिजुक्छेले भने, ‘तिनै उद्योगी व्यवसायीहरुबाट उद्योगमन्त्री भएका भक्तपुरकै नेताले २५ देखि ३५ लाख रुपैयाँ बुझे ।’ अनि ती नै उद्योगी व्यवसायीले भक्तपुर औद्योगिक क्षेत्रमा विकास गरेन भन्ने आरोप लगाउँदै आएको उनको भनार्इ थियो ।

कानुनी रुपमा नपालाई तिर्नुपर्ने कर नतिर्ने अनि नपाले केही गरेन भनेर उद्योगी व्यवसायीले चोखिन नपाउने उनको भनार्इ थियो । त्यस्तै नगरपालिकालाई तिर्नु पर्ने कर समेत तिर भन्न नसक्ने व्यक्तिहरु उद्योगमन्त्री वा अन्य मन्त्री हुने परिपाटी भए सम्म देशको विकास नहुने उनको भनार्इ थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo