एस.के. बैश्य/काठमाडौं, २० पुस ।
बर्दियाको राजापुरका स्थानीयले ज्ञापन बुझाएपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।
राजापुर बजार क्षेत्रमा विगत ६ दशकभन्दा बढी लामो समयदेखि बसोबास गरिरहेका स्थानीयवासीहरुले राजापुर नगरपाालिका लगायत हालै निर्वाचित भएका प्रदेश तथा प्रतिनिधी सभा सदस्यहरुलाई ज्ञापन पत्र बुझाएका थिए ।
उनीहरु जग्गाधनि प्रमाण पुर्जाको पाउनको लागि सरोकारवाला निकायमा गत मंगलबार ज्ञापन पत्र बुझाउदै आफ्नो मागको सुनवाई सरकारले तत्काल नगरे चरणबद्ध रुपमा आन्दोेलन गर्ने बताएका थिए ।
सरकारलाई ज्ञापन पत्र बुझाएपछि विहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले उनीहरुकोे हकमा एक निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता हरि प्रसाद पन्थीले राजापुर बजार क्षेत्रको १८ विगहा १० धुर जग्गामा लामो समय देखि बसोबास गरिरहेका स्थानियवासीहरु जग्गाधनि प्रमाण पुर्जा पाउने सम्बन्धमा भुमिसुधार ऐन अनुसार जग्गाको नाप नक्सा गर्ने तथा प्रमाणको आधारमा छानविन गर्नको लागि समिति गठन गर्ने निर्णय भएकोे बताए ।
समिति गठन गर्ने कार्य चाँडो भन्दा चाँडो सम्पन्न हुने भुमिसुधार मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया