सेक्रेट देशको नाङ्गो कथा (हेर्नुहोस् ५ फोटोमा)

सेक्रेट देशको नाङ्गो कथा (हेर्नुहोस् ५ फोटोमा)

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाको दृश्यचित्र चहकिलो र आकर्षक छैन । त्यस देशको नाम आउनसाथ दुख, पीडा, भोक, तिर्खा, अभाव, गरिवी, उत्पीडन देखाइन्छ । तर, हालै मात्र यस्तो फोटो सार्वजनिक भएको छ जसमा उत्तर कोरियाको चमकदमक देखाइएको छ । त्यस तस्विरमा वाटर पार्क छ । वाटरपार्कमा उन्मुक्त रमाइरहेका युवायुवतीहरु छन् ।

यो वाटर पार्क ३७ एकड जमिनमा फैलिएको छ । वाटर पार्कको नाम मुन्सू वाटर पार्क हो । अचम्म मान्नुपर्ने कुरा के हो भने यो पार्क केवल धनाड्यहरुको लागि मात्र हो । यहाँ औसत व्यक्तिले प्रवेश पाउन सक्दैनन् । किनभने पार्कमा चार घण्टा विताउनका लागि सात पाउन्ड शुल्क लाग्छ । जबकी देशमा मान्छेको एक हप्ताको औसत कमाई २४ पाउन्ड छ ।

प्योंगयाङस्थित यो वाटरपार्कमा हरेक बर्ष ८ लाख ८० हजार आगन्तुक भित्रिन्छन् । पार्कमा स्विमिङ पुलका साथै कफी सप, फुड आउटलेट छ । यहाँको धनाड्यहरु वाटर पार्कमा मस्ती गर्छन् । जबकी ९० प्रतिशत जनता गरिबीको मारमा छन् ।

देशको ४० प्रतिशत जनता अर्थात २ करोड ४० लाख जनता गरिबीको रेखामुनी छन् । ८५ प्रतिशत घर परिवारसँग गुणस्तरिय खाने हैसियत पनि छैन ।

Logo