काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. अन्जान नयाँ म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ।
‘रोज’, ‘बहार’, ‘श्रद्धापुष्प’, ‘अन्जानपथ’ लगायतका एकल तथा दर्जनौँ कलेक्सन एल्बममार्फत पहिचान बनाएकी शाक्यको यो पछिल्लो प्रस्तुति हो।
झण्डै २३ वर्षअघि ‘शिरीष’ एल्बम सार्वजनिक गरेपछि उनी विद्यावारिधि अध्ययन तथा व्यवसायिक जिम्मेवारीमा व्यस्त हुँदा संगीत यात्राबाट केही समय टाढा रहेकी थिइन्। सोही कारण लामो समयपछि केही महिनाअघि मात्रै उनले ‘मेरो गीत भित्र’ नामक म्युजिक भिडियोमार्फत पुनः सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी थिइन्।
इजरायलका लागि नेपाली राजदूतको जिम्मेवारी पूरा गरी फर्किएपछि शाक्यले पुनः सक्रिय रूपमा संगीत क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गीत सार्वजनिक गर्दै आएकी छन्।
नवीन म्युजिक भिडियोमा बाल्यकालदेखिको निष्कलङ्क प्रेम समयसँगै परिपक्व हुँदै सफलतामा रूपान्तरण भएको कथालाई चित्रण गरिएको छ। गीतका शब्दहरूले पनि त्यही भावलाई अभिव्यक्त गर्छन्।





























प्रतिक्रिया