डोटी,२०,पुस
७ नम्बर प्रदेशको प्रदेश राजधानीको माग राख्दै डोटी जिल्ला अनिश्चितकाल बन्दको घोषणा गरिएको छ । पुस १२ गते देखि १८ गते सम्म शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधबारबाट सडक आन्दोलन गरेको हो । "/>

प्रदेश राजधानी नतोक्दै सुरू भयो आन्दोलन

प्रदेश राजधानी नतोक्दै सुरू भयो आन्दोलन

केन्द्रबिन्दु
0
Shares

डोटी,२०,पुस
७ नम्बर प्रदेशको प्रदेश राजधानीको माग राख्दै डोटी जिल्ला अनिश्चितकाल बन्दको घोषणा गरिएको छ । पुस १२ गते देखि १८ गते सम्म शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधबारबाट सडक आन्दोलन गरेको हो । प्रदेश नम्बर ७ को राजधानी डोटी कायम राख्नु पर्ने भन्दै सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरिएको थियो । डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काको संयोजकत्वमा बनेको संघर्ष समितिले हिजो डोटीका सबैजसो बजार क्षेत्रमा यातायात तथा बजार बन्द गराई प्रदर्शन गरिएको थियो ।

बन्दका कारण बीच बाटोमै अड्किएका सवारी साधनहरुलाई गन्तव्यमा पु¥याउन हिजो बेलुकी ५ बजे देखि ७ बजे सम्म सडक तथा बजार खुल्ने निर्णय गरेको र आज बाट पूर्णरुपमा बन्द गरिने संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले जानकारी दिए । यसैविच सरकारले प्रदेश राजधानीका विषयमा आधिकारीक धारणा सार्बजनिक गरेको छ । आज सरकारले प्रादेशिक राजधानी टुंगो लागि नसकेको प्रष्टिकरण दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ,‘संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हाल सम्म कुनै निर्णय भएको छैन ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको थियो ।
नयाँपत्रिकाबाट

Logo