सेनाको प्रवक्तामा सहायकरथी गोकुल भण्डारी

सेनाको प्रवक्तामा सहायकरथी गोकुल भण्डारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९ पुस |

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी गोकुल भण्डारीले सम्हाल्नुभएको छ । 

सहायकरथी नैनराज दाहालले निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नुभएको निर्देशनालयले जनाएको छ । 

सो अवसरमा सहायकरथी दाहालले करिब तीन महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सबै सञ्चारसंस्था तथा सञ्चारकर्मीबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गर्नुभयो । 

सहायकरथी भण्डारीले आफ्नो कार्यकालमा नेपाली सेना र पत्रकार जगत्बीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको बताउनुभयो । रासस

Skip This
Skip This
Logo