काठमाडौं,१९,पुस
सडक दुर्घटनमा परी मृत्यु भएका आफन्तहरुले मंगलवार बिपी राजमार्ग अवरुद्ध गरे । आइतबार काठमाडौँबाट ओखलढुंगातर्फ जादै गरेको बा ३ ख ५९५५ नम्बरको यात्रुवाहक बसले नमोबुद्ध नगरपालिका–१ कि ३७ वर्षीया फूलमाया तामाङलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । "/>

विपी लोकमार्गमा दिन भर तवाबः वार्ता भाँडिएपछि सडकमा झडप

विपी लोकमार्गमा दिन भर तवाबः वार्ता भाँडिएपछि सडकमा झडप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,पुस
सडक दुर्घटनमा परी मृत्यु भएका आफन्तहरुले मंगलवार बिपी राजमार्ग अवरुद्ध गरे । आइतबार काठमाडौँबाट ओखलढुंगातर्फ जादै गरेको बा ३ ख ५९५५ नम्बरको यात्रुवाहक बसले नमोबुद्ध नगरपालिका–१ कि ३७ वर्षीया फूलमाया तामाङलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । सोमबार उपचारको क्रममा धुलिखेल अस्पतालमा उनको निधन भयो । पीडित पक्ष, यातायात सेवा समिति र प्रहरी प्रशासन बीचको वार्ता विनानिष्कर्ष टुंगिएपछि मंगलवार स्थानीयवासीले विपी लोकमार्ग अवरुद्ध पारे ।

मृतकका परिवारले यातायात सेवा समितिसँग १२ लाख क्षतिपूर्ति मागे । तर समितिले उक्त रकम दिन नसक्ने बताएपछि वार्ता भाँडिएको थियो । पीडित परिवार र स्थानीयले विपी राजमार्गको पात्लेखेतमा दुई घण्टा सडक अवरुद्ध पारे आन्दोलनकारीलाई प्रहरीले राजमार्ग अवरुद्ध नगर्न पटक पटक आग्रह गरिरहेको थियो । तर उनीहरुले आन्दोलन फिर्ता लिएनन् । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा केही आन्दोलनकारी घाइते भए । प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्याँस प्रहार गर्‍यो ।
नयाँपत्रिकाबाट

Logo