घुस लिँदालिँदै पक्राउ परेका नासुविरुद्ध मुद्दा दर्ता

घुस लिँदालिँदै पक्राउ परेका नासुविरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ पुस ।

घुसखोरीको आरोपमा रंगेहात पक्राउ परेका मालपोत कार्यालय भक्तपुरका नायव सुब्बाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । नायव सुब्बा देवराज काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

जग्गा रजिष्ट्रेसन पास गर्न डोर खटिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा खटिएको टोलीले काफ्लेलाई १ लाख घुससहित मंसिर २८ गते पक्राउ गरेको थियो । अख्तियारको टोलीले काफ्लेलाई कार्यालयको अण्डरग्राउण्ड इलाकामा घुस लिंदालिंदै रंगे हात पक्राउ गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम नायव सुब्बा काफ्लेले कसूर गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता पदम प्रसाद पाण्डेले बताए ।

बिगो रकम एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावीसहित उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता पाण्डेले बताए ।

Logo