काठमाडौं,१६, पुस
राष्ट्रिय मान्यता प्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । "/>

समानुपातिकको छनौटमा पार्टी पिच्छे नै भाँडभैलो

समानुपातिकको छनौटमा पार्टी पिच्छे नै भाँडभैलो


काठमाडौं,१६, पुस
राष्ट्रिय मान्यता प्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । विशेष आरक्षणका रूपमा राज्यका नीति निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’ भित्रबाट मात्रै सांसद छानेपछि किचलो बढेको हो । निर्वाचन आयोगले दिएको समयसीमा भित्र दलहरूले शुक्रबार प्रदेशसभा तर्फका सांसदको नामावली आयोगमा बुझाएका थिए । आयोगले नै बन्दसूचीको क्रमांकलाई तलमाथि नगरी नाम छनोट गरेर बुझाउन आग्रह गरे पनि ‘क्लस्टर’ मिलाउँदा नेताहरूले आफ्नैलाई रोजेपछि भाँडभैलो निम्तिएको हो ।

एमाले-माओवादीमा नेताहरूले आफ्नै नातागोता रोजेको र कांग्रेसमा देउवाले पौडेल पक्षलाई बेवास्ता गर्दै आफूपक्षीय नेताहरूलाई मात्रै राखेको भन्दै विवाद बढेको छ भने मधेस केन्द्रित दल राजपाको केन्द्रीय कार्यालय नै तोडफोड भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मनोमानी सांसद चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक छाडेर बाहिरिएको थियो ।

पौडेल पक्षले प्रदेशसभाका समानुपातिक सांसद चयन गर्दा ६०-४० प्रतिशतका आधारमा भागबन्डाको प्रस्ताव गरेका थिए । तर देउवा पक्षले आफ्नै पक्षका नेताको मात्रै ‘रोस्टर’ तयार पारेपछि विवाद बढेको नेता बलबहादुर केसीले जानकारी दिए । निर्वाचनपछि कांग्रेसले शुक्रबार पहिलोपटक समानुपातिकतर्फका सांसद चयनको एजेन्डामा मात्र छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाएको थियो । त्यही बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच जुहारी चलेको थियो ।
अन्नपूर्णबाट

Logo