काठमाडौं,१५, पुस
नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले मुलुकको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताएका छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित नेता सापकोटाले गठबन्धन सरकार बने लगत्तै ५० लाख विदेशी पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने उल्लेख गरे । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को १४ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेता सापकोटाले समग्र पर्यटन यातायातको प्रवद्र्धन र व्यवस्थित गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निवर्तमान अध्यक्ष हरेराम बराल लगायतले नेपालको पर्यटक यातायातको उत्थानका लागि आफूहरु लागि पर्ने र त्यसका लागि एनटिभिएसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
रासस































प्रतिक्रिया