काठमाडौं,१५, पुस
सहरी विकास मन्त्री दिलनाथ गिरीले पार्टी अध्यक्ष कमल थापाको निरंकुश सोचका कारण आफू बर्खास्तीमा परेको बताएका छन् । "/>

अध्यक्षसँग झगडा गर्दा मन्त्री पद खुस्कियो !

अध्यक्षसँग झगडा गर्दा मन्त्री पद खुस्कियो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, पुस
सहरी विकास मन्त्री दिलनाथ गिरीले पार्टी अध्यक्ष कमल थापाको निरंकुश सोचका कारण आफू बर्खास्तीमा परेको बताएका छन् । बिहीबारको मन्त्रीपरिषद बैठकमा जुहारी चलेको २४ घन्टा बित्न नपाउँदै बर्खास्त भएका गिरीले भने, ‘बर्खास्त गरेको कुरा मिडियाबाट थाहा पाएको छु, मलाई पार्टीले आधिकारीक जानकारी गराएको छैन । यो सब पार्टी अध्यक्ष कमल थापाको निरंकुशता र सामन्त सोचको उपज हो।’

पार्टीगत निर्णय नगरी अध्यक्ष थापाले आफूलाई बर्खास्त गरेको आरोप गिरीको छ । ‘प्रजातन्त्रमा सबैले आआफ्नो विचार र गुनासा राख्न पाउने अधिकार छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा चरम निरंकुश बनि सक्नु भएको छ । यो सब त्यसकै परिणाम हो।’

बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव पेश गरेपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले आपत्ति जनाएका थिए । थापाले पार्टी निर्णय विपरित मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव राखेको भन्दै तत्काल मन्त्रिपरिषद बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए। मन्त्री गिरीले राजीनामा दिन आफूलाई आपत्ति नभएको तर राजीनामा प्रधानमन्त्रीलाई दिने जवाफ फर्काएका थिए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo