काठमाडौँ, १४, पुस
कामको खोजीमा एक महिनाको अवधिमा ७४ हजार कामदार बाहिरिएका छन् । गत मंसिरमा मात्रै ७४ हजार ३ सय २३ जना कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । सो संख्या संस्थागततर्फ, व्यक्तिगततर्फ र पुनः श्रम स्वीकृति लिएर जानेहरूको हो । जसमा कुल २७ हजार ९ सय ६५ जनाले संस्थागत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ गएका छन् । त्यसमध्ये २६ हजार ४ सय ४३ जना पुरुष र १५ सय २२ जना महिला कामदार विभिन्न मुलुकतर्फ गएका छन् । यस अवधिमा कुल १ लाख ३२ हजार ३३९ जनाले वैदेशिक रोजगारीका लागि संस्थागत श्रम स्वीकृतिका लागि विभिन्न म्यानपावर कम्पनीबाट आवेदन दर्ता गराएका थिए । यो संख्या संस्थागत रूपमा मात्र विभागबाट श्रम स्वीकृति लिएर वैधानिक तरिकाले जानेहरूको हो ।
गत मंसिरमा अन्तिम श्रम स्वीकृति लिएर जानेहरूको संख्या सबैभन्दा बढी खाडी मुलुक कतारमा नै देखिएको छ । कतारमा एक महिनाको अवधिमा सबैभन्दा धेरै ८ हजार ५९५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी मलेसियामा ८ हजार ३६५ जना कामदार गएका छन् । यूएईमा ४ हजार ४९८ जना, साउदी अरबमा ३ हजार ३९० जना कामदार अन्तिम श्रम स्वीकृति लिएर गएका छन् । यो तथ्यांक वैदेशिक रोजगार विभागले सार्वजनिक गराएको हो । विभागका अनुसार विगतका वर्षको तुलनामा अहिले वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा श्रम स्वीकृति लिएर जाने कामदारको संख्या केही बढेको छ । यसैगरी मंसिरमा व्यत्तिगत रूपमा जानेहरूको संख्या २४ हजार ४ सय ९ जना रहेको विभागले जनाएको छ ।
राजधानीबाट































प्रतिक्रिया