काठमाडौं,१२,पुस
त्रिभुवन विमानस्थलबाट २० पुस २०७३ मा भएको ३३ केजी सुन तस्करीमा संलग्न आरोपीहरूले हालेको बन्दी–प्रत्यक्षीकरण रिट खारेज भएको छ । "/>

३३ केजी सुन तस्करी प्रकरण सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज

३३ केजी सुन तस्करी प्रकरण सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१२,पुस
त्रिभुवन विमानस्थलबाट २० पुस २०७३ मा भएको ३३ केजी सुन तस्करीमा संलग्न आरोपीहरूले हालेको बन्दी–प्रत्यक्षीकरण रिट खारेज भएको छ । आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै भन्सारका कर्मचारी श्रीनारायण यादव, सुन कारोबारी रामहरि कार्की, तस्करीको सुन व्यवस्था मिलाएको अभियोग लागेका दिलबन्धु थापा, कारोबारी सन्तोष काफ्ले तथा एक्स रेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकालले सर्वोच्च अदालतमा बन्दी–प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सुन तस्करीमा संलग्नलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा राख्न दिएको आदेश कानुन बमोजिम भएको ठहर गरेको छ । प्रहरीले सुन तस्करीमा संलग्न भनी अनुसन्धान पश्चात अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालतले संलग्न सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० पुस २०७३ मा दुई सय ८२ थान सुनको बिस्कुट (३२८९२.४८ ग्राम) र ६८४.९२ ग्राम सुनको गहना गरी जम्मा ३३ किलो ५७७.४ ग्राम सुन बरामद भएको थियो । जसको मौद्रिक मूल्य १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैयाँ ६६ पैसा हुन आउँछ । प्रहरी अनुसन्धान केन्द्रले सुन बरामद गरेपछि प्रतिवादी उपर भन्सार ऐन, २०६४ को दफा ३८ को कसुरमा कुल बिगो १६ करोड ८२ लाख ८८ हजार ७ सय रुपैयाँ ६६ पैसा कायम गरी ऐ. दफा ५७(१) बमोजिम बिगो अनुसार जरिवाना हुन र ऐ.दफा ५७(१) (च) बमोजिम पाँच वर्ष सम्म कैद हुने माग दाबी गरेको थियो ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo